रास्वपालाई लाई सबै दल मिलेपनि हराउन नसक्ने: रवि लामिछाने
तातोखबर, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई सबै दल मिलेपनि रास्वपालाई हराउन नसक्ने बताएका छन्।
भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास समितिको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आउने निर्वाचनमा रास्वपाले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने बताएका हुन्।
उनले केही मानिसहरू आशाको दियो फुकेर निभाउन लागेपनि तिनिहरूबाट दियो निभ्न नदिन आफूले भरमग्धुर प्रयास गरिरहेको बताए।
विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउने व्यवस्था गर्न रास्वपा सुरूदेखि नै लागिपरेको बताएका छन् । लामिछानेले अहिलेको सरकारबाट त्यसमा विश्वस्त हुने अवस्था नरहेको पनि बताए।
आगामी निर्वाचनमा विदेशमा रहेकाहरूलाई पनि भोट हाल्ने अधिकार दिए रास्वपाले धेरै मत पाउने डर सरकारमा रहेका दल लगायतका पुराना दलहरूलाई रहेको उनले बताए।
‘यदी मताधिकार विदेशमा भएका मान्छेहरूलाई दिने हो भने रास्वपाले धेरै मत ल्याउँछ कि भनेर चलखेल हुनसक्छ। हामी सबै साबधान हुनुपर्छ। सदन र सडकबाट यसका लागि आवाज उठाउनेछौं, हाम्रो अधिकारलाई कुण्ठित गर्न खोजियो र विदेशमा बसेर भोट हाल्न पाउने अधिकार दिन आनाकानी गरियो भने देशको भविष्य फेर्नका लागि एकपटक नेपाल जानैपर्छ सबैजना तयार रहनुहोला।’उनले भने ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

