इमेज सहकारीका कोषाध्यक्ष पक्राउ अध्यक्ष फरार

image-sahakari-baglung

तातोखबर, काठमाडौं / इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लक्ष्मीलाई हिजो ललितपुरको धोबिघाटबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सरिता तिमल्सेना कँडेलसहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीसमेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पुर्जीसमेत जारी भएको हो ।

Advertisement:image-sahakari-baglung

ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रेहका अध्यक्ष नेपाली अझै फरार छन् । गत वैशाखदेखि फरार रहेका नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरीले रेड नोटिस नै जारी गरेको छ ।

उनीहरु विदेशमा लुकेर बसेको आशंकामा प्रहरी प्रधान कार्यालयले अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको हो । यस सहकारीमा आर्थिक घोटाला प्रकरणमा मेयर दम्पतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र उनकी पत्नीबाहेक अन्य आरोपी पक्राउ परेका छन् ।  गत जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि फरार भएकी २७ वर्षीया लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि बाग्लुङ प्रहरीलाई जिम्मा लगाइएको सीआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

यसै प्रकरणमा सहकारीका अन्य पदाधिकारीहरु चित्र बहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढा मगर पक्राउ परिसकेका छन् । आर्थिक हिनामिनामा आफूहरुको केही हात नभएको बयान दिए पनि जिल्ला अदालत  बाग्लुङले गत साउनमै उनीहरुलाई पुर्पक्षको लागि थुनामा पठाइसकेको छ ।

उनीहरुमाथि सरकारी बचतकर्ताको १ अर्ब ६० करोड हिनामिना गरेको आरोप लागेको छ । गत वैशाख ७ देखि सहकारी संस्था भने बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application