हेटौंडामा सूचनाको चलखेल र लोकतन्त्र विषयक अन्तरक्रिया
मकवानपुर – सुचना चलखेल र लोकतन्त्रको विषयमा सरोकारवालाहरुसंग हेटौंडामा शुक्रबार छलफल गरिएको छ। सेन्टर फर मिडिया रिसर्च नेपालले इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटसँगको सहकार्यमा बागमती प्रदेशमा सूचनाको चलखेल र लोकतन्त्रसम्बन्धी प्रदेशसभासद, राजनीतिक दललगायत सरोकारवालाहरुबीच अन्तरकृयात्मक कार्यक्रम गरिएको थियो।
आइ आर आइका प्रमुख युवराज आचार्यले सूचना चलखेल पात्र,कारण र तरिका,राजनीतिक अभियान्ता, व्यापारिक कम्पनी ,वैदेशिक शक्ति , चरमपान्थी समुहरु र सरकारको मिथ्या सूचना ,सूचना चलखेलका माध्यम र सामाग्री , मिथ्या सुचना हुन नदिन आवश्यक तथ्यांक , मिथ्या सूचनाका रणनीति बारे प्रस्तुत गरेका थिए।
त्यसैगरी मिथ्या सूचना हुन नदिन आवश्यक तथ्यांक र मिथ्या सूचनाका रणनीति बारे व्याख्या गर्दै निर्वाचनको बेला मिथ्या सूचना कसरी फैलाइन्छ भन्ने बारे प्रस्तुत गरे।
मिथ्या सूचनाबाट पर्ने असरहरु,सूचनामा अन्यौलका कारण पर्ने असर, बारे बताउदै कानुनी प्रावधान बारे प्रस्तुत गरेका थिए।
मिथ्या सुचनाको घटना ,मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय,मिथ्या सूचना फैलिन नदिन सरोकारवाला पक्षको भुमिका र दायित्व विषयक उपस्थित सरोकारवालाहरु बीच छलफल गरिएको थियो।
बागमती प्रदेश संसद सरल सहयात्री पौडेलले सामाजिक संजाल भन्दा माथी राखेर मिडियाले सूचना प्रवाह गर्नुपर्ने धारण राखेका थिए।समाजमा भएको अन्धविश्वासको कारण पनि मिथ्या सूचनाको असर समाजमा पर्ने गरेको उनले बताए। उपस्थित संसद र स्थानीय प्रतिनिधिहरुले मिथ्या सुचनाको कारण परेको समस्या बारे बताउदैँ सत्य तथ्य सूचना मात्र प्रकाशन र प्रसारण गरिदिन समेत मिडियालाई अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

