गुल्मीको रेसुंगा पार्क आज देखि संचालनमा

तातोखबर, गुल्मी / गुल्मीको गर्जुरामा रेसुंगा पार्क खुलेको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बाेकेकाेे रेसुंगा क्षेत्रमा बनेको रेसुंगा पार्कको निर्माण सम्पन्न पछि पार्क खुलेको हो ।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि संचालनमा आउन नसकेको रेसुंगा पार्क आजबाट खुला गरेकाे रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन्। निरन्तरको प्रयासबाट बजेट निकासा गरी निर्माण व्यवसायीले पाउनु पर्ने सम्पूर्ण रकम झण्डै तीन करोड चुक्ता गरी पार्क खाेल्न सहजीकरण गरेको नगर प्रमुख पन्थीले बताए ।
रेसुंगा नगरपालिकाले पार्कको अवलोकन गरी भरपुर मनोरन्जन लिन गुल्मीबासी लगायत सम्पुर्णमा आग्रह गरेको छ । पार्क खुलेसँगै रेसुंगा नगरपालिकाको समुन्नतीको यात्रामा थप टेवा पुग्ने बिश्वास लिएको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताएका छन् ।
पार्क संचालनकाे लागि नगरपालिकाले तीन कर्मचारी समेत खटाएको छ । पार्क प्रवेश शुल्क बिदेशी नागरिकको लागि एक सय, नेपाली नागरिकको लागि ४० र ज्येष्ठ नागरिक साथै विद्यार्थीकाे लागि २० रुपैयाँ ताेकिएकाे छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस