यू–१९ विश्वकप : पाकिस्तानविरुद्धको खेलमा नेपालले ३० ओभर सकिँदा ९९ रन बनायो

world-cup-cricket

तातोखबर, क्रिकेट / दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको पाकिस्तानविरुद्धको खेलमा नेपालले ३० ओभर सकिँदासम्म चार विकेट गुमाएर ९९ रन बनाएको छ ।
नेपालका लागि ओपनर विपिन रावल आउट भएर, ब्याट्सम्यान गुलसन झा र दिपक डुम्रे क्रिजमा छन् ।

पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । उनी १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अहमद हुसैनले बोल्ड गरेका थिए । उनी आउट हुँदा नेपालले ४.२ ओभरमा २९ रन बनाएको थियो ।
दोस्रो विकेटका रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे । उनलाई पनि पाकिस्तानी बलर अहमद हुसैनले अराफत मिनहसद्वारा क्याच गराए । ६.५ ओभरमा आकाश आउट हुँदा नेपालले ४३ रन बनाएको थियो ।

Advertisement:world-cup-cricket

नेपालले तेस्रो विकेटका रुपमा कप्तान कप्तान देव खनाललाई गुमाएको थियो । उनी २३ रन बनाउँदै आउट भएका थिए । उनले ३७ बलको सामना गरी तीन चौका हिर्काए । १७.१ ओभरमा उनी आउट हुँदा नेपालले ८० रन बनाएको थियो । उनलाई अली असफान्दले उबैद शाहद्वारा क्याच गराएका थिए ।

चौथो विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगर १५ बलमा चार रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान उत्तमलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । २१औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८५ रन बनाएको थियो ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application