मेनुका पौडेलले अब छिट्टै आँखा देख्ने

तातोखबर, काठमाडौँ / गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छिन् । जन्मजात दृष्टिविहीन रहेकी मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइएको थियो ।
इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको चेकअप गराएको थियो । सो क्रममा चिकित्सकले उनको आँखाको अवस्था हेरेका अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका थिए । चेकअपमा चिकित्सकले उनले पूर्णरुपमा दृष्टि पाउन नसकेपनि विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने बताएका छन् ।
कार्यक्रममा चिकित्सकको एक भिडियो समेत देखाइएको थियो । भिडियोमा चिकित्सकले उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्ने बताएका छन् ।
डाक्टरको भिडियोले कार्यक्रममा निर्णायक र प्रतियोगीमा खुसी छाएको थियो ।
निर्णायक मध्यकी एक श्रेया घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताइन् ।
मेनुका इण्डियन आइडलको उत्कृष्ट १० मा पुगिसकेकी छन् । सुरुको समय देखिनै प्रतियोगितामा निर्णायक अतिथिको मन जित्दै अगाडि बढिरहेकी उनलाई उपाधि दाबेदार मानिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस