विश्व मानचित्रमा नेपालको अवस्थिति कस्तो छ ? हेरौं

तातोखबर, शिक्षा / नेपाल दक्षिण एसियामा रहेको भूपरिवेष्ठित मुलुक हो ।
नेपाल २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।
नेपाल एसियाको दुई विशाल मुलुकहरु भारत र चीनको बिचमा पर्दछ । नेपालभन्दा भारत २२ गुणा ठुलो छ भने चिन ६५ गुणा ठुलो छ ।
नेपालले विश्वको कुल भूभागको ०.०३ %, एसियाको ०.३ %, र दक्षिण एसियाको ३% भूभाग ओगटेको छ । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि रहेको छ । नेपाल वंगालको खाडीदेखि १,१२७ कि.मी टाढा रहेको छ ।
नेपालको पुर्व पश्चिम औसत लम्बाई ८८५ कि.मि. र उत्तर दक्षिण औसत लम्बाई १९३ कि.मि रहेको छ ।
नेपालको प्रमाणिक समय दोलखा जिल्लाको गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाइ आधार मानि निर्धारण गरिएको छ ।
नेपालको समय ग्रीनवीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय बि.सं २०४२ साल बैशाख १ गते लागु गरिएको हो ।
विश्वका ८००० मिटर भन्दा अग्ला १४ हिमाल मध्य नेपालमा ८ वटा पर्दछन । नेपालमा ६००० मिटर र सोभन्दा अग्ला १३०० भन्दा बढि चुचुरा रहेका छन् ।
नेपाल हिमालयका साथसाथै नदीनाला, सुन्दर तालतलैया, दह, कुण्डले सजिएको छ । भौगोलिक विविधता र जैविक विविधताले गर्दा उष्ण, अर्धोष्ण, सुक्ष्म तापिय, टाइग्रा र टून्द्रा प्रकारका जलवायु नेपालमा पाईन्छ ।
विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेस्रो ध्रुवको देश तथा विशिष्ट झण्डा भएको देशको रुपमा समेत परिचित छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस