हेटौंडाको पुतलीबजारमा यात्रुवाहक बस दुर्घटना

bus-accident-at-hetauda-tato-khabar-news-portal

तातोखबर, हेटौंडा /  हेटौंडा-६, पुतलीबजारमा यात्रुवाहक बस दुर्घटना भएको छ । आज बुधबार बिहान ९ बजे फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना३ ख ५३०३ नम्बरको यात्रुवाहक बस पुतलीबजारमा पल्टिएर दुर्घटना भएको हो ।

विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिने क्रममा धरानचतरा सडकखण्ड अन्तर्गत पुतलीबजार पुल नजिकको साघुरो बाटोको कारण बस दुर्घटना भएको प्रहरीले बताइएको छ । बसमा १५ जना यात्रु रहेका थिए । दुर्घटनामा यात्रुहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement:bus-accident-at-hetauda-tato-khabar-news-portal

प्रतिक्रिया दिनुहोस् :