सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं – सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तारकेश्वर नगरपालिका–४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका–२ स्थायी वतन भएका २४ वर्षीय भिमसेन भट्टलाई पक्राउ गरेको हो ।

Advertisement:

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्य–दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application