नेपाली नायिका राजश्री श्रेष्ठअभिनित बलिउडको चलचित्र अर्काे महिनामा प्रदर्शन हुदै

अमेरिका, १० माघ / नेपाली नायिकाका रुपमा बलीउडकै चलचित्रमा अभिनय गरेर राजश्री श्रेष्ठले नेपाली दर्शक तथा युवा समाजलाई चकित पार्ने भएकी छिन् । निर्माण सम्पन्न भई प्रदर्शनको तयारीमा रहेको वलीउडको चलचित्र ‘मिराकल’ मा नायिकाको भूमिका निर्वाह गरेर उनले नेपाली समुदायमा चर्चा बटुल्न लागेकी हुन् ।

अमेरिकाको एउटा मोडलिङ्ग कम्पनीमा मोडलका साथै आमसञ्चारकर्मीका रुपमा समेत सक्रीयता देखाउदै आएकी राजश्री श्रेष्ठ अमेरिकामा छायाङ्कन हुने म्युजिक भिडियोहरुमा देखिदै आएकोमा अब उनी बलीउडकै चलचित्रका दर्शकमाझ आउन लागेकी छिन् । अब अर्को महिना आगामी फेब्रुअरीको मध्यसम्ममा उनीअभिनित चलचित्र ‘मिराकल’ प्रदर्शनमा आउन सक्ने नायिका राजश्रीले तातोखबरलाई बताएकी छिन् ।

Advertisement:

बलीउडकी निर्देशक रीमा कपानीद्वारा निर्देशित चलचित्र मिराकल अमेरिकामा नै छायाङकन् गरिएको र चलचित्र अङ्ग्रेजी भाषा निर्माण भएको उनले जानकारी दिएकी छिन् । अमेरिकामा नै टिकटक र रिल्सहरुमा लोकप्रिय बनेकी राजश्री श्रेष्ठलाई उनका ती प्रस्तुति हेरेर बलीउड चलचित्रको निर्माण पक्षले नायिकाको भूमिकामा काम गर्न आग्रह गरेको बताउँदै उनले भनेकी छिन् ‘मिराकल चलचित्र निर्माणका क्रममा भएको अडिसनमा समेत छनौटमा पर्न म सफल भएँ र मलाई बलीउड चलचित्रमा अभिनय गर्ने अवसर मिलेको हो ।’

‘इकोड्रिम प्रोडक्सन’ नामक फिल्म निर्माण कम्पनीले निर्माण गरेको उक्त चलचित्र निर्माणको सबै काम पुरा भईसकेको र फेब्रुअरीको मध्यदेखि अमेरिकाका सिनेमा हलहरुमा प्रदर्शन हुने जानकारी दिईएको छ । एक जना घरपरिवारविहिन पात्रको बच्चा हराएको र कुनै बेला आफूलाई गुण लगाएको सम्झिएर उसको हराएको बच्चा खोजीदिन सहयोगी बनेकी नायिकाले त्यहि बच्चाको पुरुष अभिभावकसँग विभिन्न गन्तव्यहरुसम्म सँगै रहदा आपसमा भावना साटासाट हुने कथावस्तुमा आधारित उक्त चलचित्रले दर्शकको मन जित्न सक्ने नायिका राजश्री श्रेष्ठले दावी गरेकी छिन् ।

नेपाली कलाकारले वलीउडमा अभिनय गर्ने अवसर प्राप्त गरेकोमा नेपाली युवाजगतमा एउटा उत्साह देखिएको छ, तपाई आफैंले यस्तो अवसर पाउँदा आफूलाई कतिको गौरवान्वित ठान्नु भएको छ ? भनेर राखिएको जिज्ञाषामा उनले भनेकी छिन् ‘म आफैं पनि आमसञ्चारकर्मीको रुपमा काम गरेको कारण, मैले ‘वि ४’ नामक भारतीय टेलिभिजन च्यानलमा काम गर्दा सोनाली बेन्द्रेलगायतका भारती चर्चित कलाकारहरुसँग अन्तर्वार्ता लिने, अन्य फरक फरक प्रस्तुतिहरु दिने जस्तो काम गर्दै आएको कारण मलाई त्यति धेरै अनौठो काम गरेँ जस्तो महशुस भएको छैन, तर पनि नेपाली भएर बलीउडको चलचित्रमा नायिकाकै भूमिका पाउँदा गौरव लागेको छ ।’

नेपाली चलचित्र उद्योगमा सहभागिता खोजियो भने तपाईले समय दिनु हुन्छ ? भनेर गरिएको प्रश्नमा उनको जवाफ छ, ‘मैले अहिले यो बलीउड चलचित्रमा काम गर्दा जे जति कला र प्रविधिहरु सिकेको छु, त्यो सिकेको ज्ञान नेपाली चलचित्र उद्योगलाई माथी उठाउनमा अवश्य नै प्रयत्न गर्नेछु । मैले नेपाली चलचित्र उद्योगमा काम गर्ने अवसर पाउँदा चलचित्र उद्योगमा खारिएका चलचित्रकर्मीहरुबाट पनि थप कुरा सिक्न पाउँछु ।’

यो चलचित्र नेपाली दर्शकहरुसम्म आईपुग्दा जसरी पनि हेरिदिन उनले तातोखबरमार्फत आग्रह गरेकी छिन् । ‘एउटी नेपाली चेलीले अमेरिका जस्तो देशमा गएर बलीउडका लचचित्रमा गरेको कामको समीक्षा गरिदिन आमनेपाली दर्शकहरु महानुभावहरुलाई आग्रह गर्दर्छु’ उनले भनेकी छिन् ‘चलचित्र मिराकल हेरिदिएर मात्रै मलाई पुग्दैन, त्यसमा मैले गरेको कडा परिश्रम र प्रदर्शन गरेको प्रतिभाको बारेमा प्रतिकृया दिएर हौसलाई बढाई दिन पनि आग्रह गर्दछु ।’

राजश्री श्रेष्ठ अभिनित इकोड्रिम प्रोडक्सनद्वारा निर्मित चलचि ‘मिराकल’ को पूर्वावलोकन (रिभ्यु) कार्यक्रम पनि सम्पन्न भईसको उनले बताएकी छिन् । सूचना तथा सञ्चार प्रविधिका साथै आमसञ्चार प्रविधिमा काम गर्दै आएकी नायिका राजश्री श्रेष्ठले श्री एकाडेमी नामक नृत्यालयमा नृत्य प्रशिक्षण समेत दिदै आएकी छिन् ।
— सोनिसा थापा








प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application