माघ १२ गते शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने

हेटौंडा – हेटौंडामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम -२०८० हुने भएको छ। हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो ।

यहि माघ १२ गते दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम हुन लागेको शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

Advertisement:

रोयल प्यालेसमा हुने कार्यक्रममा ४ नम्बर वडा भित्रका प्रत्येक विद्यालयबाट बढिमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसंग सम्बन्धित सामाग्रीको स्टल राखी प्रस्तुति गरिने,वडा भित्रका सबै विद्यालयले मौलिक नेपाली गित तथा विभिन्न जातजाति नाच र भेष भुषा झल्काउने गरि प्रतियोगिता सामुहिक नृत्य र एकल गायन प्रस्तुती समेत हुने छ। त्यसैगरी प्रत्येक विधामा उत्कृष्ट प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीको समुह र उक्त विधासंग सम्बन्धित विषय शिक्षकलाइ पुरस्कृत गरिनुको साथै वडाभित्र सबै विद्यालयका कक्षा ६ देखि माथिका विद्यार्थीहरु तथा अभिभावकहरुलाइ विद्यालयले गरेको प्रदर्शनी देखाइने छ।

बृहत शैक्षिक प्रदर्शनी तथा सास्कृतिक कार्यक्रममा प्रथम द्वितीय र तृतीयलाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष दाहालले बताए ।

शिक्षाको गुणस्तर सुधार गर्नका लागि यो अभियान मार्फत शिक्षक शिक्षक , विद्यार्थी विद्यार्थी र विद्यालय विद्यालाय बीच स्वस्थ प्रतिस्पर्धा गराइ गुणस्तरलाई अगाडी ल्याउने योजनाले विभिन्न कार्यक्रम अगाडी बढाइएको ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले बताए । उनले कार्यक्रमका लागि ४ नम्बर वडाले ५ लाख बजेट छुट्याइएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

वडा भित्र संचालित विद्यालयले गरेको राम्रो अभ्यासको प्रस्तुतीकरण गराउने,विद्यालयबीच शैक्षिक प्रतिस्पर्धा गराउने,वडाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने,मौलिक कला र संस्कृतीको जगेर्ना गराउनुको साथै खाना स्टलबाट विद्यार्थीहरुले भान्साका तथा उधमशिलताका व्यवहारिक सिपहरु सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application