रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । रास्वपा सभापति लामिछाने ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा मुछिएको र त्यसको छानविन गर्न माग गर्दै उजुरी परेको हो ।
लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ ले उजुरी दिएका हुन् । उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सभामुख देवराज घिमिरेलाई छानविनको माग गर्दै उजुरी दिएका हुन् । लामिछाने ग्यालेक्सी फोर के टेलिभिजनको सञ्चालक हुँदा सहकारीको ५२ करोड रुपैयाँ लगानी भएको उजुरीकर्ताको दाबी छ ।
‘रवि लामिछानेको १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको सेयर खरिद बिक्रीको कागज समेत सार्वजनिक भएको छ । ‘अतः ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो ? सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न आवश्यक पर्ने भएको छ,’- उजुरीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस