राजस्व संकलन लक्ष्यभन्दा ५ अर्ब २७ करोड कम, आयातको तुलनामा निर्यात भने न्यून

काठमाण्डौँ | नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा पाँच अर्ब २७ करोड कम राजस्व संकलन गरेको छ ।
कार्यालयले पुस मसान्तसम्म १३ अर्ब ९५ करोड रुपैयाँ संकलनको लक्ष्य राखेकोमा आठ खर्ब ८८ करोडमात्र राजस्व संकलन गरेको हो ।
यो निर्धारित लक्ष्यभन्दा ६२.२५ प्रतिशत अर्थात् पाँच अर्ब २७ करोड रुपैयाँले कम भएको कार्यालयले जनाएको छ । भन्सार विभागले यस वर्ष नेपालगन्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड २५ लाख राजस्व असुली गर्ने लक्ष्य दिएको छ । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दासम्म कार्यालयले वार्षिक लक्ष्यको ३०.३२ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको छ ।
कार्यालयका अनुसार यो राजस्व असुली गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड ३३ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म कार्यालयले १३ अर्ब ९३ करोड असुली गर्ने लक्ष्य राखेकोमा आठ अर्ब ४९ करोड राजस्व असुली गरेको कार्यालयको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले ६ महिनासम्म पुग्दा निरन्तर राजस्व असुली गर्न असफल भएको छ ।
कार्यालयका अनुसार चालु आवको साउनमा एक अर्ब ८१ करोड संकलन लक्ष्य रहेकोमा एक अर्ब ४१ करोडमात्र असुली गरेको छ । त्यस्तै भदौमा दुई अर्ब २२ करोड लक्ष्य राखेकोमा एक अर्ब ४५ करोड, असोजमा दुई अर्ब ४४ करोड लक्ष्य राखेकोमा एक अर्ब ४८ करोड, कात्तिकमा दुई अर्ब ३८ करोड ९१ लाख असुली लक्ष्य राखेकोमा एक अर्ब २४ करोडमात्र संकलन गरेको छ ।
त्यसैगरी मंसिरमा दुई अर्ब ५२ करोड संकलन गर्ने लक्ष्य रहेकोमा पुसमा दुई अर्ब ५६ करोड ६० लाख असुली लक्ष्य लिएकोमा एक अर्ब ५३ करोडमात्र असुली गरेको कार्यालयको तथ्यांक छ । पछिल्लो ६ महिनामा संकलन भएको राजस्वको गति हेर्दा कार्यालयलाई यस वर्ष लक्ष्य पूरा गर्न मुस्किल हुने देखिएको छ ।
पछिल्लो समय नेपालगन्ज नाका हुँदै प्लाइउड, जडिबुटी, खोटो रोजिन, रिट्ठा, अदुवा सुठो, दालचिनीलगायत वनस्पति भारतलगायत तेस्रो मुलुकमा निर्यात हुनेक्रम बढेको छ । तर आयातको तुलनामा निर्यात भने ज्यादै न्यून छ । सरकारले आयात दर घटाउन विभिन्न योजना कार्यान्वयनमा ल्याएको जनाए पनि हरेक वर्ष आयातको हिस्सा घट्नुको साटो बढ्ने क्रममा छ ।
यस्तै नेपालबाट भारततर्फ निकासी हुने वस्तुको परिमाण भने बढ्न सकेको छैन । जसका कारण हरेक वर्ष व्यापार घाटा चुलिँदै गएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस