जिबी राईले सेयर हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको

तातोखबर, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट ग्यालेक्सी टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको पाइएको छ।
लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर लिँदा अध्यक्ष राईले उनको खातामा एक करोड ८० लाख रूपैयाँ जम्मा गरिदिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो।
ग्यालेक्सी छोड्दा १ करोड ८० लाख रूपैयाँ राईबाट लिएको चेक स्लिप सार्वजनिक भएपछि रवि लामिछानेले उक्त रकम आफ्नो खातामा जम्मा नभएको भन्दै पत्रकार सम्मेलन गरेका छन्।
उनले आफ्नो खातामा पैसा जम्मा नभएको भन्ने ग्लोबल आइएमई बैंकको पत्र पनि देखाएका छन्। उक्त पत्रले नै ग्यालेक्सी टिभीको सेयर बेच्दा कम्पनी रजिष्ट्रारलाई झुक्याएको पुष्टि हुन्छ।
सबैभन्दा पहिले कम्पनी किनबेच गर्नका लागि केके प्रक्रिया पुर्याउनुपर्छ बुझौं ।
कम्पनी रजिष्ट्रार कार्यालयका एक अधिकारीका अनुसार कुनै पनि कम्पनीको हस्तान्तरण गर्दा किनबेच गर्ने व्यक्तिहरूको मञ्जुरीनामा चाहिन्छ। १० लाखभन्दा बढीको सेयर किनबेच गर्दा बैंक भौचर बुझाउनुपर्ने हुन्छ।
किन्ने मान्छेले बेच्ने मान्छेको खातामा पैसा जम्मा गरिदिएको भौचर बुझाएपछि मात्र सेयर हस्तान्तरण हुने ती अधिकारीले बताए।
यही प्रक्रिया पुर्याउनका लागि ग्यालेक्सी टिभीका अध्यक्ष राईले लामिछानेको ग्लोबल आइएमई बैंकको खातामा जम्मा गर्न भन्दै २०७९ असार २ गते एक करोड ८० लाखको चेक बुझाए।
तर उनले पैसा नभएको खाताको चेक बुझाएको रविले सोमबार पत्रकार सम्मेलनमा देखाएको ग्लोबल आइएमई बैंकको पत्रबाट देखिन्छ।
उक्त पत्र रविलाई बैंकले हालनै दिएको देखिन्छ।
‘उक्त पत्रमा उल्लेखित मिति १७/०६/२०२२ (विक्रम संवत २०७९ असार २) मा तंहाको यस बैंकमा संचालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा रु.१,८०,००,०००/- को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ECC मार्फत चेक Clearing मा पठाउँदा ‘Insufficient Balance’ को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ,’ उक्त पत्रमा लेखिएको छ।
पत्रकार सम्मेलनमा उनले बैंकर अनिलकेशरी शाह र बरिष्ठ अधिवक्ता सुशील पन्तलाई समेत राखेका थिए।
बरिष्ठ अधिवक्ता पन्तले ‘स्वेट सेयर’ कारोबार गर्ने कानुनी संरचना नभएको र यस्ता सेयर कारोबारमा डिपोजिट देखाउनका लागि कागजात बनाएको हुन सक्ने बताएका छन् ।
‘कम्पनीको सेयर किनबेच भएको देखाउनका लागि कागज बनाएको हुन सक्छ। त्यो उसले के गर्यो भन्ने हो। त्यसो भन्दैमा उहाँको खातामा पैसा आएको भन्ने हुन्न,’ उनले भने।
शाहले कसैले कसैको खातमा जम्मा गर्न चेक भौचर डिपोजिट गर्दा बित्तिकै त्यो मान्छेको बैंक खातामा पैसा जम्मा नहुने बताएका थिए। पैसा जम्मा गरिएको चेकमा पर्याप्त पैसा भएन भने त्यो चेक फिर्ता हुने उनले बताए ।
तर यो विषयमा आफू पहिला नै जानकार रहेको वा नरहेकोबारे लामिछानेले केही बताएका छैनन् ।
आफ्नो खातामा पैसा नभएको चेकबाट १ करोड ८० लाख पठाउन खोजिएको विषयमा मुद्दा मामिला गर्न सक्ने भए पनि जनताको आवाज बन्नुपर्ने मान्छे कति मुद्दा मामिला गर्नु भनेर नगरेको समेत लामिछानेले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस