मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ – तनहुँमा आइतबार राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तनहुँ देवघाट गाउँपालिका–२, कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

Advertisement:

दुर्घटनामा परेर जिल्ला तनहुँ देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको सोमबार बिहान २ः३० बजेको समयमा दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो मिनी ट्रकमा सवार चालकसहित ३ जना थिए । मृतक दुबै ट्रकमा सवार थिए । चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application