मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
तनहुँ – तनहुँमा आइतबार राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तनहुँ देवघाट गाउँपालिका–२, कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर जिल्ला तनहुँ देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको सोमबार बिहान २ः३० बजेको समयमा दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सो मिनी ट्रकमा सवार चालकसहित ३ जना थिए । मृतक दुबै ट्रकमा सवार थिए । चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

