लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघमा शान्तिकाे नेतृत्व
हेटौंडा – नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासघ हेटौंडा उपमहानगरपालिका समितिको अध्यक्षमा शान्ती स्याङ्वो लोप्चन चयन भएकी छिन् । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट लोप्चनलाइ सर्वसम्मत चयन गरिएको हो।
लोप्चनको नेतृत्वमा क्रमशः उपाध्यक्षद्वय प्रमिला राइ र जगबिर रुम्बा लामा, सचिवद्वय सृष्टी गोर्खाली र गोपाल लामा, सहसचिवद्वय प्रमिला राइ लिम्बु र प्रकाश स्याङ्तान चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा इश्वरी सिल्पकार, सुनिल थिङ्ग, रजिना श्रेष्ठ, विश्व नारायण श्रेष्ठ, लक्षमी देवि श्रेष्ठ र कल्पना थिङ्गलाई चयन गरिएको छ।
नेपाली काग्रेस हेटौडा उपमहापालिका नगर सभापती उत्सव इटेनीको सभाअध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा प्रदेश सदस्य चम्फु रत्न लामा, जानकी गिरी, उपसभापति आनन्द कठायत , सचिव भिमसेन महत, सह सचिव इन्दिरा न्यौपाने, प्रवक्ता अर्जुन चौलागाईं,१ नम्बर वडा अध्यक्ष सविन न्यौपाने ,६ नम्बर वडा अध्यक्ष विष्णु बहादुर दाहाल ,१६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला , लोकतन्त्रवादी आदिवासी जनजाति महासंघकि केन्द्रिय सदस्य लक्ष्मि थिङ, संघीय सचिब कविन सागामी महासंघको नगर अध्यक्ष हर्करत्न लामा लगायतले मन्तव्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

