लेखकको आग्रहमा समभोक पुस्तकलाई पुरस्कारको सूचीबाट हटाईयो

काठमाडौं, ६ माघ / पछिल्लो समयमा लेखनबृत्तमा चर्चा हुन थालेको पुस्तक ‘समभोक’ लाई पुरस्कारको सूचीबाट हटाइएको छ । उत्कृष्ट १० पुस्तकको सूचीमा रहेको ‘समभोक’ श्रीरामगीता वाङमय पुरस्कारको सूचीबाट समभोकलाई हटाईएको हो ।
लेखक शिव प्रकाश सार्वजनिक रुपमा उक्त सूचीबाट आफ्नो पुस्तक हटाउन आग्रह गरेका थिए । उनको भनाई थियो ‘यो कुरा प्रकाशकीय वा लेखकीय कसको अधिकार भित्र पर्छ ? मलाई जानकारी भएन तर समभोकका प्रकाशक शिखा बुक्सलाई पनि जानकारी गराउँदै त्यसका लागि अनुरोध गरेँ ।’
श्रीरामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाद्वारा पहिलो पटक प्रदान गर्न लागिएको “प्रतिक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार” प्रथम संस्करणको लागि निर्णायक समितिमा दर्ता हुन आएका ५६ वटा पुस्तकहरु मध्ये १० वटा पुस्तकहरु उत्कृष्टमा परेका थिए । यसमध्ये छनौटमा परेका “समभोक” पुस्तकका लेखक शिव प्रकाशले आफ्नो नाम र पुस्तकको नाम छनौट सूचीबाट हटाईदिन सार्वजनिक रुपमा अनुरोध गरेपछि उक्त पुस्तकको नाम सूचीबाट हटाईए आयोजकले जानकारी दिएको छ ।
अब ९ वटा पुस्तकहरु उक्त सूचीमा कायम राखिएको र अब ती पुस्तुकहरुमध्यबाट एउटा पुस्तक छनौटमा पर्ने र छनौटमा परेको पुस्तकलाई सर्वोत्कृष्ट पुरस्कारका रुपमा पुरस्कृत गरिने पुरस्कारका संस्थाप गीता खत्री तथा राम खत्रीले बताएका छन् । संस्थापक संस्थाका अनुसार ५० हजार रुपैया राशी रकम रहेको उक्त आगामी बैशाख महिनामा एक समारोहको आयोजना गरी काठमाण्डौमा वितरण गर्ने तयारी गरिएको छ ।
हाल अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार गीता खत्री र राम खत्रीद्वारा स्थापित उक्त पुरस्कारका लागि छनौटमा परेका ९ पुस्तकहरुमा विक्रमभक्त जोशीद्वारा लिखित निकथा संग्रह ‘चोभार ब्लुज’, चन्द्र गुरुङद्वारा लिखित कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुले लेखेको उपन्यास ‘टुबरा’, ईल्या भट्टराईद्वारा लिखित नियात्रा ‘मिसर’ र हरिबोल काफ्लेद्वारा लिखित उपन्यास ‘यशोधरा’ रहेका छन् ।
त्यसैगरी युवराज नयाँघरेद्वारा लिखित निबन्ध सङ्ग्रह ‘याकाजी’, राजेन्द्र तारकिणीले लेखेको कविता सङ्ग्रह ‘बिगनरामको मादल’, अशोक थापाद्वारा लिखित कथा सङ्ग्रह ‘सन्तापको धून’ र राजेन्द्र विमलद्वारा लिखित कथा सङ्ग्रह ‘सरबरिया टोल’ जस्ता कृतिहरु पुरस्कारको सूचीमा समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस