रातोमाटेबाट पेस्तोलसहित दुई जना पक्राउ

हेटौंडा – पुर्व पश्चिम सडकखण्ड स्थित हेटौंडा – १५ रातोमाटेबाट पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाजुरा हिमालि नगरपालिका १ बस्ने बर्ष ३१ वर्षीय देव बहादुर थापा र नवलपरासी पुर्वी सुस्ता कावासोती नगरपालिका ५ बस्ने ५७ वर्षीय विर बहादुर थापा मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार शुक्रबार बिहान १०:२० को समयमा चितवन बाट काकडभिट्टा तर्फ जादै गरेको मे.१ ख.२५३७ नं.को यात्रु बाहक बस रोकि चेकजाँच गर्दा निजले बोकेको झोला भित्र पेस्तोल -१ थान, गोली थान-१, दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो पदार्थ अन्दाजी २ किलो ७०० ग्राम फेला परेको थियो।
थापा र मगर दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस