छैठाैं स्थानीय तह सहिद स्मृति गाेल्डकप माघ २८ देखि

हेटौंडा – हेटौंडामा छैठौं स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप – २०८० हुने भएको छ।मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय र १० वटै स्थानीय पालिकाहरुको मुख्य प्रायोजनमा माघ २८ गते देखि फागुन १० गते सम्म प्रतियोगिता हुन लागेको शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले जानकारी दिए।

 

Advertisement:

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराको साथ गौरिटार रंगशाला हेटौंडा -६ मा हुन गइरहेको खेलकुद प्रतियोगितामा १२ वटा टिम रहने छ। प्रतियोगिता खेलमा फ्रेण्डस क्लब ललितपुर ,हिमालयन शेर्पा क्लब काठमाडौ ,बागमती युवा क्लब सर्लाही ,एन आर टि फुटबल क्लब काठमाडौ , बिरगंज युनाइटेड बिरगंज पर्सा,एमिनिर एफ सि क्याम रुन,मनाङ मर्स्यादी क्लब काठमाडौ ,नव जनजागृती युवा क्लब सिमरा बारा,रिगल रिसोर्ट हेटौंडा मकवानपुर ,सातदोबाटो क्लब ललितपुर , नेपाल ए पि एफ क्लब काठमाडौ र त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौको टिमको सहभागिता रहने छ।

प्रतियोगितामा प्रथम पुरस्कार १५ लाख,दितिय पुरस्कार १० लाख र सर्वोकृष्ट खेलाडी पुरस्कार बुलेट बाइकको व्यवस्था रहेको छ भने विद्यागत उत्कृष्ट खेलाडी पुरस्कार २५ हजार,म्यान अफ द म्याच १० हजारको साय्है प्रत्येक सहभागी टिमलाई स्थानीय यातायात खर्च एवं दैनिक तथा भ्रमण भत्ता , म्याच एलाउन्स, सिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

 

पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्की , बागमती प्रदेश खेलकुद परिषद सदस्य माधव तिमल्सिना ,बागमती प्रदेश फुटबल महासंघ महासचिव लवराज ठकुरी , मकवानपुर जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख माधव कोइराला लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिता गर्ने स्थानको सम्पुर्ण व्यवस्था व्यवस्थापक न्यु डाफे युथ क्लब हेटौंडा -१५ ले गर्ने आयोजक टिमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application