प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३ माघ / लामो समयदेखि टुङ्गो लाग्न नसकेको प्रहरी समायोजन प्रकृया टुङ्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका सुरक्षा अधिकारीसँगको छलफलमा प्रम दाहालले त्यस्तो निर्देशन दिएका हुन् ।
आज आफ्नै निवासमा सहभागी गृहमन्त्री श्रेष्ठसहित सुरक्षा अधिकारीहसँगको छलफलमा प्रधानमन्त्री दाहालले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुंग्याउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
संघीय कानून नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै प्रम दाहालले यस्तै ढिला सुस्तिले सङ्घीयता कार्यान्वयनको गतिमा समेत असर परेको बताए । छलफलमा सहभागी गृहमन्त्रीसहितको सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै उनले भने ‘प्रहरी समायोजन प्रकृया अगाडि नबढ्दा प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ । यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम कारवाही प्रभावित हुने गरको छ, यसलाई नै बहाना बनाएर संघीयताविरोधीले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंग्याउनुस् ।’
छलफलमा उपप्रधानमन्त्री श्रेष्ठसहित संघीय मन्त्री, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस