जिल्ला स्तरीय भलिबलको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानलाई

थाहानगर – थाहानगरको चित्लाङमा सञ्चालित २७ औं जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ ।
थाहा २ को विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई २५–१९, २५–२२ र २७–२५को सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा विजयी विनयबाबु स्मृति प्रतिष्ठानले नगद ६० हजार १ रुपियाँँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता छहारी युवा समाज हेटौंडाले नगद ३० हजार रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा तेस्रो हुने खेलकुद विकास समिति चित्लाङले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा मकवानपुर जिल्लाका १५ वटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको बिधागत पुरस्कार तर्फ वेस्ट स्पाइकर छहारीका निश्चल रानामगर, वेस्ट सेटर पनि छहारीकै निश्चल काउचा घोषित भए ।
त्यस्तै वेस्ट लिबेरो विनयबाबुका उज्वल लामा, बेस्ट ब्लकर विनयबाबुका उपास विष्ट र वेस्ट प्लेयर निराजन गुरुङ र वेस्ट कोच विनयबाबुकै शंकर कार्की घोषित भएका थिए ।
प्रतियोगिताका विजयी तथा उपविजेता टिमलाई मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले पुरस्कार वितरण गरेका थिए । स्वच्छन्द भैरव युवा क्लवचित्लाङको आयोजनामा २५ पौषबाट सुरु भएको प्रतियोगिताको पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष पुण्यमान बलामीको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु