हेटौंडामा माघी थारू महोत्सव

हेटौंडा–हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयको चौरमा सोमबार छैठौं माघी थारु महोत्सव भएको छ।

थारु कल्याणकारी सभाको अध्यक्ष सचितानन्द चौधरीको सभाअध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

Advertisement:

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले हेटौडालाई पुर्वाधारमा मात्र नभइ पर्यटन संस्कृतिको विकास र प्रवर्द्धन समेत गर्दै लैजाने बताइन् । संस्कृति र शिक्षालाई अगाडि बढाएर विश्व बजारमा बिक्न सक्ने युवा शक्ति उत्पादन गर्नु पर्ने उनको भनाइ थियो ।

हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा भएको महोत्सवमा हेटौंडा सिमेन्ट उद्योग, बुद्ध इन्जिनियरिङ वर्कशप, राधेराधे इन्जिनियरिङ वर्कशप, मेरिना ड्राइ क्लिनिक,आकृती फार्मेसी, एस डान्स कम्पनी,चौधरी मोटरसाइकल वर्कशप लगायत विभिन्न संस्थाको सहयोग रहेको थियो ।

महोत्सव स्थलमा थारु जातिको ऐतिहासिक दस्तावेज, वस्तु , सिपकला, हस्तकलाको प्रदर्शनीको छुट्टै स्टलको साथै थारु जातिले खाने विशेष परिकारहरु तेलपौर रोटी ,बगिया , ढिकरी, तिलको लड्डु, भुजाको लड्डु, बरी, अदौरी, अमादिके चटनी, घुङी, गगटो, माछा, हाँसको मासु, परेवाको मासु, कुखुराको मासुलगायतको ७ वटा स्टल राखिएको थियो । २०७५ सालमा देखि सुरु भएको माघी महोत्सव प्रत्येक वर्ष मनाउदै आएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रम्ुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं ,थारु कल्याणकारी सभा केन्द्रीय सदस्य जानकी चौधरी, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश प्रमुख राम प्रसाद थारु, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, ९ नम्बर वडा अध्यक्ष सुकुराम केसी ,२ नम्बर वडा अध्यक्ष विष्णु गोपाल महर्जन , भुजेल समाजको अध्यक्ष धुर्व भुजेल, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा,४ नम्बर वडा अध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application