हेटौंडामा माघि थारु महोत्सव हुने

हेटौंडा – हेटौंडामा छैठौं माघि थारु महोत्सव २०८० हुने भएको छ। माघी महोत्सव मुल आयोजक समिति हेटौंडाको आयोजनामा माझ १ गते श्री भुटनदेवी माध्यमिक विद्यालयको चौरमा छैठौं माघी थारु महोत्सव हुन लागेको शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले जानकारी दिए।

हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा हुने महोत्सवमा हेटौंडा सिमेन्ट उद्योग,बुद्ध इन्जिनियरिङ वर्कशप, राधेराधे इन्जिनियरिङ वर्कशप,मेरिना ड्राइ क्लिनिक,आकृती फार्मेसी,एस डान्स कम्पनी,चौधरी मोटरसाइकल वर्कशप लगायत विभिन्न संस्थाको सहयोग रहेको मुल आयोजक समारोह दमितिका संयोजक सचिदानन्द चौधरीले जानकारी दिए।

Advertisement:

महोत्सवमा करिब ७ लाख ५० हजार खर्च हुने अनुमान अनुमान गरिएको छ।हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गर्ने महोत्सवमा ५००० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ।

महोत्सव स्थलमा थारु जातिको ऐतिहासिक दस्तावेज , वस्तु , सिपकला,हस्तकलाको प्रदर्शनीको छुट्टै स्टलको साथै थारु जातिले खाने विशेपरिकारहरु तेलपौर रोटि ,बगिया , ढिकरी, तिलको लड्डु,भुजाको लड्डु,बरि,अदौरी, अमादिके चटनी, घुङी,गगटो, माछा हासको मासु परेवाको मासु, कुखुराको मासु इत्यादीको स्टल रहने आयोजकले जनाएको छ।

२०७५ सालमा देखि सुरु भएको माघी महोत्सव प्रत्येक वर्ष मनाउदै आएको छ। २०७८ सालको जनगणना अनुसार मकवानपुर जिल्लामा थारु समुदायको जनसंख्या १९२४ रगेको छ।जसमध्ये महिला ८५० र पुरुष १०७४ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application