तामाङ हत्याका दोषी स्याङ्तान र गोले १७ बर्षपछि पक्राउ

हेटौंडा – कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका दुई पुरुषलाई मकवानपुर प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको थाहा नगरपालिका वडा नं.१२ गैरीगाउँ बस्ने घटौरे, मोटे स्याङतान भन्ने रामचन्द्र स्याङ्तान र सार्की माइला भन्ने कालु गोले रहेका छन् ।
गैरीगाउँकै ७० बर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्यामा स्याङ्तान र गोलेलाई जिल्ला अदालत मकवानपुरले विंसं.२०६८ असोज ८ गते दोषी ठहर गरी २० बर्ष कैद सजाय सुनाएको थियो ।
अदालतको दोषी ठहर गरेपछि फरार रहेका दुबैलाई आइतबार बिहान गैरीगाउँस्थित घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए । दुबैलाई आजै जिल्ला अदालत मकवानपुरमा पेश समेत गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस