उड्ने कार ‘एरोएचटी’ : २०२४ अन्त्य देखि बुकिङ सुरुहुने

HT-Aero-Flying-Car-flight-new-lunched

तातोखबर / अमेरिकाको लस एञ्जलसमा आयोजना भएको कञ्जुमर इलेक्ट्रोनिक शो (सीईएस)मा कम्पनीहरूले उत्कृष्ट फरक फरक नयाँ कन्सेप्ट र विद्युतीय सवारी साधनहरू पेस गरिरहेका छन् । यसैबिच चिनियाँ कम्पनी एक्सपेङ्ग एरोएचटीले पनि आफ्नो उड्ने कार एक्सपेङ एरोएचटी सार्वजनिक गरेको थियो ।

उक्त स्टेजमा कार आउने बित्तिकै यसले सबै दर्शकहरुको ध्यान खिचेको थियो । उक्त कार ब्रान्डिङ वा प्रमोशन गर्ने उदेश्यको  लागि ल्याइएको साधारण कन्सेप्टको सवारी साधन होइन । कम्पनी यो मोड्युलर फ्लाइङ कारप्रति निकै गम्भीर रहेको छ ।

Advertisement:HT-Aero-Flying-Car-flight-new-lunched

यो वर्षको अन्त्यसम्ममा चीनमा उड्ने कारको बुकिङ सुरु हुने कम्पनीले जनाएको छ । सन् २०२५ सम्ममा कारको डेलिभरी पनि सुरु गर्ने योजना भएको बताइएको छ । २०२५ को अन्त्यसम्ममा युजरहरुले यो कार प्रयोग गर्ने कम्पनीले बताएको छ । एक्सपेङ एशियाको सबैभन्दा ठूलो फ्लाइङ कार निर्माता कम्पनी हो । यस नयाँ कन्सेप्टले यातायातको भविष्य नै फेरिदिने दाबी कम्पनीले गरेको छ ।

यो कारको डिजाइनलाई दुई हिस्सामा बाँडिएको छ । उक्त कार जमिनमा दौडिनुको साथसाथै हावामा पनि उड्न सक्नेछ । यो इलेक्ट्रिक भर्टिकल टेक–अफ र ल्यान्डिङ एयरक्राफ्ट (ईभोल्ट) हो । यसलाई सजिलैसँग सकडमा कारको रुपमा चलाउँदै गर्दा चाहिएको बेलामा विमान जसरी हावामा उडाउन पनि सकिन्छ । कारको मोडलाई जमिन र हावा गरी २ वटामा परिवर्तन गर्न सकिन्छ । यो कार आकस्मिक समयमा उपयोगी हुने कम्पनीले दाबी गरेको छ ।

यसलाई व्यक्तिगत निजी वाहनको रुपमा पनि प्रयोग गर्न सकिनेछ । यसलाई आकस्मिक सेवा, उद्धार कार्य आदीमा पनि प्रयोग गर्न सकिन्छ । कम्पनीले सीईएसमा कारको डेमो पनि दिएको थियो । कम्पनीले चीनबाहिर यो कारको डेमो दिएको यो पहिलो पटक हो । एक्सपेङ्ग एरोएचटी एक्सपेङ मोटर्सको सहायक कम्पनी हो । यसले गएको १० वर्षदेखि लो–एल्टीट्यूड एक्सप्लोरेशनको क्षेत्रमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :