राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

तातोखबर, काठमाडौं / राष्ट्रिय सभा निर्वाचनअन्तर्गत शुक्रबार अन्तिम नामावली प्रकाशन शुक्रबार हुँदैछ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदका लागि आठ राजनीतिक दलका ५२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ती उम्मेदवारले शुक्रबार नै नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यसूची रहेको छ ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस