सामाजिक सञ्जाललाई चेतना र मनोरञ्जनको साधनको रुपमा अपनाउनु पर्ने

काठमाडौं, २७ पौष / साामाजिक सञ्जालको प्रयोगकर्ताहरुबाट कतिपय ब्यक्ति तथा संस्थाहरुले नराम्रो पीडाँ खेप्न पर्ने अवस्था सृजना भएको छ भने कतिपय प्रयोगकर्तालाई चेतना र मनोरञ्जनात्म प्राप्त गर्ने माध्यम पनि भएको छ । त्यस्तै तातोखबरद्वारा आजको एक जना इन्टरनेट सामाजिक सञ्जालको प्रयोगकर्ताको प्रयउोगलाई उदाहरण बनाएर समीक्षा गर्न खोजिएको छ ।

फेसबुकको तातोखबर खातामा जोडिएका राजेन्द्र मालीले सङ्कलन गरी आफ्ना फेसबुक मित्रहरुसँग बाढ्दै आएका प्रेरणादायी, चेतनामूलक र मनोरञ्जात्मक रोचक तर टुक्रे सामग्रीमध्ये केही सामाग्रीहरु यस समाचारमा उल्लेख गरिएको छ । उनले सामाजिक सञ्जालमा बाढेका ती सामाग्रही उनको अनुमति लिएर प्रस्तुत गरिएको हो ।

Advertisement:

गएको दुई दिनअघि उनले प्रेरणादायी सामाग्री पोस्ट गरेका छन् । ‘आमा’ शीर्षक दिएर कविताको शैलीमा प्रकाशित गरिएको उक्त सामाग्रीमा भनिएको छ ‘खुट्टा तान्नेलाई तान्न दिनुस्, कुरा काट्नेलाई काट्न दिनुस्, तपाईको घुडा टेकेर हिड्नुस्, हात टेकेर हिड्स् तर अहँ पछाडि नफर्किनुस्, एक दिन अवश्य लक्ष्यमा पुग्नु हुनेछ ।’ आफ्नै रचना हो या सङ्लित सामाग्री हो ? यस विषयमा उनले केही उल्लेख गरेका छैनन् । तर यो कविता प्रगति गर्न चाहनेहरुका लागि निकै नै प्रेरणादायी रहेको छ ।

उनले त्यहि दिन पोष्ट गरेको अर्को सामाग्री छ नेपाली पहाडका हुन् या तराईका हुन्, जहाँका भएपनि नेपाली हुन् र आपसमा मिलेर देशको रक्षा र विकास गर्न लाग्नु पर्ने चेतनामूलक सामाग्री प्रकाशित गरेका छन् । यसमा उनको ‘हिमाल होस् की तराई, कोही छैन पराई’ भन्ने नारा दिएर एउटा चित्र सार्वजनिक गरेका छन् । त्यसमा उल्लेख गरिएको छ ‘धोती र टोपी दुवै प्यारो छ । अलग गरे भने मधेश र पहाड बन्छ । साथ मिल्यो भने मात्र नेपाल बन्छ ।’ त्यसैगरी सोही दिन उनले भरतपुरमा अवतरण भई रोकेर राखिएको साना ठूला केही हवाई जहाजको तस्विर खिचेर त्यसमा लेखेका छन्् ‘भरतपुर एयरपोर्टमा प्लेनको बाउ, आमा र बच्चा ।’ विकास र उपभोक्ताले प्राप्त गर्दै आएको सेवालाई लक्षित गर्दै मुलुक विकासशील छ भन्ने देखाउन यो तस्विर सार्वजनकि गरेका हुन सक्छन् । उनको त्यहि पोष्टमा सारदाबाबु पराजुली नाम गरेका फेसबुक प्रयोगकर्ताले प्रतिकृया लेखेका छन् ‘केटाकेटीको परीक्षा सकिएर काठमाडौंको जाडो छल्न र भरतपुर घुम्न आका रे ।’ चितवन पर्यटकीय क्षेत्र भएका कारण पनि उनले यो तस्विरलाई महत्व दिएर सामाजिक सञ्जालमा पोष्ट गरेका हुन सक्छन् ।

देशभर चिसो ह्वात्तै बढेपछि रुखाखोकी र अन्य विरामीको सङ्ख्या बढ्न थालेको विषयमा लक्षित गरेर पछिल्लो दिन अर्को छोटो सामाग्री प्रस्तुत गरेका छन् । त्यसमा भनिएको छ ‘अहिले आएको रघाखोकी र ज्वरो त कोरोनाभन्दा हरिप छ त ।’ स्वास्थ्य अवस्थाको ख्याल गर्न सर्वसाधारणका लागि यसलाई एउटा चेतनामूलक टुक्रे सामग्रीको रुपमा लिन सकिन्छ ।
सोही दिन फेसबुक प्रयोगकर्ता राजेन्द्र मालीले देशमा बढ्दै गएको वेथितिका विषयमा अर्को एउटा सामग्री पोष्ट गरेका छन् । उक्त सामग्री सङ्लित भएको उल्लेख गरेर उनले पोष्ट गरेको सामाग्रीले धार्मिक आस्थामा आधारित कथाका पात्रहरु र तीनको व्यवहारलाई वर्तमान राजनीति शक्तिसँग तुलना गरेर प्रस्तुत गरिएको छ । त्यसमा भनिएको छ ‘यदि अहिले कृष्ण हुन्थे भने बहुबिवाहको मुद्दामा जेलमा हुन्थे, शिव हुन्थे भने लागुपदार्थ दुव्र्र्यसनको मुद्दामा जेलमा हुन्थे’ राम हुन्थे भने रावण हत्याको अभियोगमा जेलमा हुन्थे, लक्ष्मी हुन्थिन् भने श्रोत नखुलेको धनका विषयमा छानबिनको लागि कारागारमा हुन्थिन् र सरस्वती हुन्थिन् भने बिना अध्ययन कसरी ज्ञान प्राप्त भयो ? कतै उनी पनि ‘सरस्वती शाही’ त हैनन् ? भन्दै युटुबेले घेर्थे’ ।
यहि सामग्रीको अगाडिग थपिएको छ ‘बुद्ध हुन्थे भने श्रीमतीलाई हेलाँ गरेको अभियोगमा बोधगयाबाट नै पक्राउ पर्थे, ब्रम्हा हुन्थे भने सृष्टि कर्ममा नै घोटाला गरी मनुष्य मस्तिष्क कमजोर बनाएको आरोपमा कालोसूचीमा सुचिकृत हुन्थे, विष्णु हुन्थे भने वृन्दाको सत्य डगाएकोमा जेलमा हुन्थे, रावण हुन्थे भने “सुन काण्ड“ मा छानबिन भइरहेको हुन्थ्यो, र पान्डब हुन्थे भने द्रौपतीलाई शोषण गरेको आरोपमा पक्राउ पर्थे ।’

त्यसैगरी ‘द्रोणाचार्य हुन्थे भने सिकारुबीच विभेद गरेको, एकलब्यलाई बालमैत्री व्यवहार नगरेकोमा छानबिन भईरहेको हुन्थ्यो, ईन्द्रले राज गरेका भए जातीय पहिचान सहितको राज्यका लागि आन्दोलन भईरहन्थ्यो, र.गणेश हुन्थे भए काम पूरा नगरी चाकरी गरेर सम्मानित भएको आरोपमा आमसञ्चार माध्यमका ब्यानर न्यूज छपाउँथे अनि दुर्गा हुन्थिन् भने लोपोन्मुख पाटेबाघ अबैध रुपमा नियन्त्रणमा लिई प्रयोग गरेको भनी बन कार्यालयको मुद्दामा तारिख खेप्दै हुन्थिन्, धन्न, तिनीहरु उतिबेलै जन्मिएर देवता हुन पाएको यस्ता सजायँबाट अछुतो रहे ।’

हेर्दा सामान्य लागे पनि धार्मिक ग्रन्थहरुमा चित्रण गरिएका चरित्रहरुलाई देखाएर देशमा देखिएका बहुआयामिक विकृतिलाई निरुत्साहित गर्नु पर्ने आशयमा उक्त पोष्ट सङ्कलन गरी आफ्ना फेसबुक मित्रहरुसम्म पुर्याउन उनले गरेको प्रयासका रुपमा उक्त लिन सकिन्छ ।

उनले अर्को एउटा हास्यब्याङ्गको शैलीमा रहेको सामाग्री पोष्ट गरेका छन् । जुन पोष्टलाई नेपालीहरुले ‘जेसुकै उत्पादन गरे पनि हुन्छ तर उत्पादनमा आमनेपाली लाग्नु पर्छ’ भन्ने चेतनाको विकास गर्न पे्ररित हुने सामाग्रीको रुपमा लिन सकिन्छ । उक्त पोष्टमा एक जनाले साकाहरी तरकारी खाएको कुरा गरेको छ र त्यसमा गुन्द्रुकलाई रुपमा प्रस्तुत गर्न खोजिएको छ । अहिले गुन्द्रुक पनि मासुको सुकुटी जस्तै महत्वपूर्ण बन्दै गएको महशुस् गर्न खोजिएको छ । उनले वर्तमान अवस्थामा चिसो बढ्दै गएको विषयमा पनि एउटा रमाईलो पाराको पोष्ट गरेका छन् । त्यसमा धनीका लागि मात्रै आएको नभई गरिबका झुपडिहरुमा आएको छ, यसलाई कसरी सामना गरिरहेका होलान् ? भन्ने चिन्ता प्रकट गर्न खोजिएको छ ।

त्यसैगरी उनले पछिल्लो समयमा मानिसहरु एक आपसमा विश्वास गर्दा के कस्ता समस्या झेल्नु पर्छ ? भन्ने विषयमा सजग रहनु पने विषयमा अर्को एउटा प्रेरणादायी सामाग्री सङ्कलन गरी प्रस्तुत गरेका छन् । त्यसमा भनिएको छ ‘दिमाग बदाम खाएर होइन धोका खाएर मिल्दछ, कसैले गरेको सहयोग कहिल्यै नबिर्सनुस, आफुले गरेको सहयोग कहिल्यै नसम्झनुस्, जुन कुरा दीलमा छ त्यसलाई बोल्ने हिम्मत राख्नुस् र जुन कुरा कसैको दीलमा छ त्यसलाई बुझ्ने कोशिस गर्नुस् ।’

सोही सामाग्रीमा अगाडि थपिएको छ ‘गैरको छोरीमाथी प्राण दिन्छौ, जब आफ्नो छोरी हुन थाल्छिन् तब त्यसको ज्यान लिन्छौ, कसरी बितिरहेको छ जिन्दगी यो त सोध्छन् हर कोहिले, तर कसरी बिताइरहेको छु यो कसैले सोध्दैनन र दर्द हमेशा आफ्नाले नै दिन्छ, नत्र गैर व्यक्तिलाई के थाहा तपाइको दुःख के कुरासँग छ ?’ अन्तबाट साभार गरिएके सामग्रीका रुपमा उनले यो पोष्ट साथीहरुमाझ बाढेका छन् । त्यसैगरी समय सान्दर्भिक हुने गरी उनले अर्को एउटा टुक्रे सामाग्री पोष्ट गरेका छन् । उक्त पाष्टमा लेखिएको छ ‘ढुङ्गामा एउटा कमजोरी छ त्यो कहिलै पग्लिदैन र त्यहि ढुङ्गामा अर्को एउटा खुबी छ, त्यो के हो भने त्यो कहिल्यै बदलिदैन ।’

उनको फेसबुक स्टाटस्हरुमा यस्ता अनगिन्ती रोचक र मनोरञ्जनात्मक एवं प्रेरणादायी सामाग्रीहरु पोष्ट गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :