क्रोएसिया पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ
काठमाडौँ – क्रोएसिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–२ घर भएर काठमाडौँ बस्ने दीपेन्द्र राई छन् ।
३२ वर्षीय दीपेन्द्र राईले क्रोएसिया पठाउँछु भनेर जयराम भण्डारीसँग ५ लाख लिएपछि सम्पर्कविहीन भएका हुन् । उनले पीडितहरूलाई क्रोएसिया जान ११ लाख लाग्छ भनेर प्रलोभनमा पारेर रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।
आरोपीलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

