१० किलो ८०० ग्राम गाँजा सहित १ महिला पक्राउ

ganja-taskari-hetauda-police-tatokhabar-tato-khabar

हेटौंडा, तातोखबर / हेटौंडामा १० किलो ८०० ग्राम गाँजा सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मिति २०८०/०९/२३ गते अपराह्न १२ः४५ बजेको समयमा वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ४ हुप्रचौर स्थित बासुदेव मार्गमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा बागमती प्रदेश ०३-००५ प ६२३० नं. को स्कुटर चालक जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ८ बस्ने बर्ष ४४ की सरिता अर्याललाई रित पुर्वक खानतलासी पुर्जी दिई निजको शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा उक्त स्कुटरको खुट्टा राख्ने बिचको भागमा झोला भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध गाँजा १० किलो ८०० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ  ।

Advertisement:ganja-taskari-hetauda-police-tatokhabar-tato-khabar

लागूऔषध सहित फेला परेको स्कुटर र निज सरिता अर्याललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट दिन १४ को म्याद अनुमती लिई थप अनुसन्धान कार्य जारी रहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application