हिमाली प्राथना संगति हेटौंडाको आयोजनामा ३ दिने रजत महोत्सव
हेटौंडा – ३४ औं वार्षिक सम्मेलन तथा क्वाइनोनिया सामदान चर्च हेटौंडा हिमाली प्राथना संगतिको २५ औं वर्ष रजत महोत्सव हेटौंडामा आजबाट सुरु भएको छ। हिमाली प्राथना संगति, हेटौंडाको आयोजनामा भएको ३ दिने रजत महोत्सव रोयल प्यालेसमा आजबाट सुरु भएको हो।
झुमा कुमारी पन्तको सभाअध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो।मैन बत्ती बाली कार्यक्रमको उद्घघाटन गरिएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले प्राथना मेरुदण्ड र विश्वास रहेको बताउदै हेटौंडामा भएको यो कार्यक्रमले हेटौंडा प्राथनामय भएकोमा खुसी समेत व्यक्त गरिन। स्थानीय सरकार भएको हिसाबले आफुले सबै धर्मलाई सम्मान व्यवहार गर्ने पनि उनले बताइन् ।
४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले नेपाल भरीको सम्पुर्ण दिदिबहिनीहरु प्राथना संगतिका लागि हेटौंडामा उपस्थित भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। अरु धर्मझै इसाई धर्मावलम्बीहरुको पनि ठुलो समुदाय रहेको बताउदै , जुनसुकै धर्म प्रतिको विश्वासले मानव कल्याणको लागि विश्व शान्तिलाइ सहयोग पुग्ने बताए।
कार्यक्रममा मुख्य वक्ता नेपाल प्राथना संगतिका सल्लाहकार शान्ती सुब्बा , हिमाली प्राथना संगतिका केन्द्रिय अध्प्रेम कित लेच्चा,नेपाल प्राथना संगतिका अध्यक्ष मिथिला प्रधान, सामदान चर्चका पास्टर रामकृष्ण पन्त, दिदिबहिनी संगति अगुवा गिता न्यौपाने , हेटौंडा नगर पाष्टर एशोसियनका अध्यक्ष पास्टर अशोक अधिकारी, पास्टर अभिषेक उप्रेती लगायतको आतिथ्यता रहेको थियो।
३दिन सम्म चल्ने प्राथना संगतिमा सिकिम ,कालिबन,सिरिबुरी,विराटनगर,धरान,बिरगंज,काठमाडौ,चितवन,दार्जिलिङ, लेटाङ , मकवानपुर लगायत विभिन्न स्थानबाट झन्डै ५०० जनाको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

