शेख हसिना लतागार चौथो पटक प्रधानमन्त्री बन्ने बाटो खुल्ला

Sheikh-hasina-bangladesh-primeminister-tatokhabar-international-news

तातोखबर, काठमाडौँ / बंगलादेशमा प्रधानमन्त्री एवं अवामी लिगकी अध्यक्ष समेत रहेकी शेख हसिना लतागार चौथो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले अत्याधिक बहुमत प्राप्त गरेको छ।

हसिनाले हिजो भएको निर्वाचनमा गोपालगञ्ज–३ सिटमा भारी जित हासिल गरेकी छिन्, उनको आठौं कार्यकालका लागि संसद सदस्य बनेकी छन्। उनको पार्टीले २२३ सिटमा जित हात पारेको छ । ।

Advertisement:Sheikh-hasina-bangladesh-primeminister-tatokhabar-international-news

शेख हसिना बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने प्रधानमन्त्री हुन्। उनको पाँचौं कार्यकाल र लगातार चौथो कार्यकाल पनि हो।

प्रधानमन्त्रीले २ लाख ४९ हजार ९६२ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अतीकुर रहमानले ६ हजार ९९९ र अर्का उम्मेदवार महाबुर मोल्लाहले ४२५ मत प्राप्त गरे।

संसदमा प्रमुख प्रतिपक्षी दल जापा–इरशादले ११ सिट, बंगलादेश कल्याण पार्टीले एक सिटमा जित हासिल गरेको छ भने ६२ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय समाजतान्त्रिक दल र बंगलादेशको वर्कर्स पार्टीले डुङ्गा चिन्ह लिएर चुनाव लडेकाले एक–एक सिट जितेका छन्।

निर्वाचनमा २८ दर्ता भएका राजनीतिक दल र स्वतन्त्रका एक हजार ९६० उम्मेदवारले भाग लिएका थिए।

दुई शक्तिशाली महिला नेतृहरु अवामी लिगकी अध्यक्ष प्रधानमन्त्री शेख हसिना र विपक्षी दल बीएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाबीचको वैमनस्यताले बंगलादेशको राजनीति अस्थिर रहँदै आएको छ।

२०१८ मा अदालतले जियालाई भ्रष्टाचारका दुई फरक मुद्दामा दोषी ठहर गर्दै १७ वर्षको जेल सजाय सुनाएको थियो। नाजुक स्वास्थ्य अवस्थाका कारण हाल उनी घरमै नजरबन्दमा छिन्।

प्रमुख प्रतिपक्षी र अन्य केही साना दलको बहिष्कारका बीच बंगलादेशमा न्यून मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार बंगलादेशमा ४० प्रतिशत मत खसेको थियो। बंगलादेशमा करिब १२ करोड मतदाता छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application