माओवादी केन्द्रले राष्ट्रियसभामा आफ्नो भागमा परेको ६ वटा सिटमा उम्मेदवारको नाम टुंगो लगायो

तातोखबर, काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा आफ्नो भागमा परेको ६ वटै सिटमा उम्मेदवारको नाम अन्तिम टुंगो लगाएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको सचिव लीलामणि पौडेलले जानकारी दिएका छन् । कोशीबाट महिला कोटामा चम्पादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दलाई उम्मेवार बनाउने निर्णय भएको उनले बताए ।
लुम्बिनीमा अन्यबाट झक्कुप्रसाद सुवेदीको नाम प्रस्ताव भए पनि थप परामर्शमा टुंग्याउने तयारी भइरहेको पनि उनले बताए ।
आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभामा सिट बाँटफाँट गरेको थियो । जसअनुसार कांग्रेसले १० माओवादी केन्द्रले ६ सीट, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने सहमति गरेका थिए। माघ ११ गते रिक्त १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस