राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण

महाराष्ट्र , भारत: महाराष्ट्र शिव सेना एकनाथ शिन्दे गुट का नेताहरू, उदय सामन्त र सांसद श्रीकान्त शिन्देले शनिबार राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
महाराष्ट्र र शिव सेनाका जनताको तर्फबाट महाराष्ट्रका मुख्यमन्त्री तथा शिवसेना नेता एकनाथ शिन्देले राम मन्दिरका लागि १८ करोड रुपैयाँ प्रदान गरेका छन् । रामजन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत राईले चेक प्राप्त लिए ।
“यो खुसीको कुरा हो कि महाराष्ट्रका मन्त्री उदय सामन्त र शिवसेना (एकनाथ शिन्दे गुट) का सांसद् श्रीकान्त शिन्दे महाराष्ट्रका जनताको तर्फबाट ११ करोड रुपैयाँको चेक हस्तान्तरण गर्न आउनु भएको छ। सो रकम बैंकमा जम्मा गरिने छ।” राईले भने ।
यसैबीच, महाराष्ट्रका पूर्व मुख्यमन्त्री र शिवसेना युबीटी प्रमुख उद्धव ठाकरेले आफ्नो पार्टीले जनवरी २२ मा राम मन्दिरको अभिषेक दिवसमा महाराष्ट्रको नासिक गोदावरी नदीको किनारमा ‘महाआरती’ गर्ने बताए ।
अयोध्यामा रामलल्ला शिशु भगवान् रामको प्राण-प्रतिष्ठा (अभिषेक) समारोहका लागि वैदिक अनुष्ठान मूल समारोहको एक हप्ता अघिदेखि सक्रिय रहने छ। लामो समयदेखि विवादित रहेको भगवान् रामको मन्दिर निर्माणले यहाँ पछिल्लो समय पूर्णता पाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु