आँचलको मासिक कार्यक्रमः मिथिला अधिकारीका गजल र मुक्तक वाचन तथा विमर्श सम्पन्न

हेटौँडा – आँचल साहित्य कला पुञ्ज मकवानपुरको नियमित मासिक भेटघाट एवं रचना वाचन तथा विमर्श कार्यक्रम अन्तर्गत शनिवार सम्पन्न कार्यक्रममा गजलकार/मुक्तककार मिथिला अधिकारीको रचना वाचन तथा विमर्श गरिएको छ ।
शनिबार साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको हलमा सम्पन्न रचना वाचन एवं विमर्शमा गजलकार/मुक्तककार अधिकारीले आफ्ना एक दर्जन मुक्तक र पाँचवटा गजल वाचन गरेकी थिइन् ।
गजलकार/मुक्तककार अधिकारीका प्रस्तुत मुक्तक र गजलमाथी मुक्तककार भवानी तिमल्सिना न्यौपानेले टिप्पणी गर्दै छोटो समयमै अधिकारीले साहित्यका विभिन्न विधामा कलम चलाउन सफल भएको बताइन् । उनले मिथिला अधिकारीका रचनाहरूमा सुन्दर र सरल भाषाशैलीको प्रयोग गरिएको र सम्प्रेष्य हुनुका साथै समसामयिक विषयवस्तु तथा समस्याहरूलाई बडो रोचक ढंगबाट उठाई त्यसको बैठान गर्न सक्ने खालका भएको भएको उल्लेख गरिन् ।
आँचल साहित्य कला पुञ्जकि अध्यक्ष भावना सापकोटाको अध्यक्षता एवं आँचलकी सल्लाहकार तथा संस्थापक पुर्णकला घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकी प्रमुख अतिथि घिमिरेले आँचल स्थापनाको मुख्य उद्देश्य समाजमा लुकेर रहेका प्रतिभाहरूको प्रस्फुटन गर्न मञ्च प्रदान गर्नु रहेको बताइन् ।
उनले विशेषगरि नारी हस्ताक्षरहरुको आत्मविश्वास बढाई आफ्नो मनमा लागेका कुराहरू सहजै अरुका अगाडि प्रस्तुत गर्न सक्ने बनाउनु रहेकोमा जोड दिईन । यसका लागी आचलले विभिन्न समयमा आयोजना गर्ने कार्यक्रमहरुले संस्थाको उदेश्यलाई पुरा गर्ने गरेको बताइन् ।
आँचलकी कार्यसमिति सदस्य रजनी पौडेलले सहजिकरण गरेको कार्यक्रममा कार्यसमिति सदस्य एलिजा पुडासैनी, एस.आर. मञ्जरी, दिनेश शर्मा, शोभा शाह थापा, डिबि बर्ताैला, सानू खनाल, बैकुण्ठ लामिछाने, अनु रोक्का, छवि अनित्य, मसान उपासकलगायतका साहित्यकारहरूले रचनावनचन गरेका थिए । आँचलकी अध्यक्ष तिमल्सिनाले पुञ्जले प्रत्येक महिनाको तेस्रो शनिबार मासिक भेटघाटको कार्यक्रम गर्ने गरेको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु