मुक्तककार नम्रता उप्रेतीको मुक्तक सङ्ग्रह ‘शस्यमञ्जरी’ सार्वजनिक

काठमाडौं, २१ पौष / मुक्तककार नम्रता उप्रेतीद्वारा लिखित पहिलो एकल मुक्तकसङ्ग्रह ‘शस्यमञ्जरी सार्वजनिक गरिएको छ । राजधानीको अनामनगर स्थित सामाजिक विकास समाजको सभाकक्षमा एक समारोहको आयोजना गरी उक्त कृति विमोचन गरिएको हो ।

बरिष्ठ साहित्यकार, पत्रकार एवं मुक्तक मञ्च नेपालका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमूख आतिथ्यतामा बद्रि उप्रेतीद्वारा प्रकाशित, हामी र हाम्रो कृति समूहको दशौं कृतिका रुपमा ल्याईएको मुक्तक सङ्ग्रह ‘शस्यमञ्जरी’ विमोचन गरिएको थियो । विमोचन समारोहका प्रमूख अतिथि बरिष्ठ साहित्यकार वियोगी बुढाथोकीले कृतिकार नम्रता उप्रेतीको यस प्रकारको सृजनाले साहित्य क्षेत्रमा एउटा अर्को इटा थपेको र यस्तै किसिमका सृजनाहरुको खडेरी आउन नदिने प्रयासको रुपमा उक्त कृति आएको धारणा ब्यक्त गरे ।

Advertisement:

हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरिप्रसाद गौतमको अध्यक्षतामा आयोजित मुक्तक सङ्ग्रह विमोचन समारोहमा लोकार्पित कृति ‘शस्यमञ्जरी’ मुक्तकसङग्रहको समीक्षा प्रा.डा. गोविन्दमानसिंह कार्कीले गरेका थिए । बरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरेले लेखिका नम्रता उप्रेतीको लेखन शैली र क्षमताको कदर गर्दै उक्त कृतिको सफलताका लागि शुभकामना दिए ।

त्यसैगरी सो अवसरमा दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृत मञ्चकी अध्यक्ष तारा केसीले समेत कृति र कृतिकारका विषयमा चर्चा गर्दै विमोचित कृतिका मुक्तकहरु मध्येबाट दुई दुई वटा मुक्तक बाचन गरेका थिए । सो कार्यक्रममा समूहका तर्फबाट मदन नेपालले हामी र हाम्रो कृति समूहको तर्फबाट कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

पुस्तक विमोचन समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, वुद्धिजिवी र साहित्य अनुरागीहरु करिव सयभन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गजलकार तथा हातेमालो साहित्य सङ्गमकी महासचिव बिमला दाहालले गरेकी थिईन् । स्वागत मन्तव्य सुभद्रा अधिकारीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application