ट्रायथ्लोनको नेतृत्वमा निलेन्द्रको निरन्तरता

काठमाडौ – नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
आज शनिबार ललितपुरमा सम्पन्न चुनावी साधारण सभाले संघको बरिष्ठ उपाध्यक्षमा पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्व सम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा युवराज सुनुवार, श्रृजना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित कार्यसमितिका सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषद्को बरिष्ठ अधिकृत ज्योती राईको नेतृत्वमा अधिकृत बासुदेव निरौला र सहायक प्रथम राजेश बहादुर श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटिले प्रमाण पत्र वितरणका साथै सपथ ग्रहण गराएका थिए ।
संघको आजै सम्पन्न बैठकले संघको विधान बमोजिम सदस्यहरु मध्येबाट अध्यक्षले चयन गर्ने महासचिवको पदमा युवराज सुनुवारलाई मनोनित गरेको छ । यस्तै उपाध्यक्षमा गण्डकी प्रदेश साँसद प्रकाश बराल, सुजिता बराल, सदस्यहरुमा गोपाल बहादुर बमजन, पुष्प रत्न बज्राचार्य, अमृत गुरुङ्ग र प्रदेशबाट नेतृत्व गर्ने गरि बागमती प्रदेशबाट ज्ञान कृष्ण प्रजापती, गण्डकी प्रदेशबाट अनिता रानाभाट र कर्णाली प्रदेशबाट गणेश शाहीलाई मनोनित गरेको छ । हाल संघले गठन गरेको चार प्रदेश मध्ये लुम्बिनी प्रदेशबाट सदस्य चयन हुन बाँकी रहेको छ ।
यसैगरि संघको बैठकले विभिन्न कमिशन समेत गठन गरेको छ । जसमा रचना सिंहको अध्यक्षतामा रेणुका देवी सिटौला र चाहना शाह सदस्य रहेको जेण्डर इक्विटी कमिशन, डाक्टर सुशन बैद्यको अध्यक्षतामा एन्टी डोपिङ्ग कमिशन, डाक्टर प्रेम बैद्यको अध्यक्षतामा डाक्टर नमिता श्रेष्ठ र डाक्टर उमेश पराजुली सदस्य रहेको मेडिकल कमिशन, शुभ श्रेष्ठको अध्यक्षतामा विनोद तण्डुकार सदस्य रहेको कोचेज कमिशन र पुष्प रत्न बज्राचार्यको अध्यक्षतामा अमिश महर्जन सदस्य रहेको टेक्निकल कमिशन समेत गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस