अर्थतन्त्र खतम भयो भनेर विदेश जान खोज्नेहरूले सोचे हुन्छ अब सुधार हुदैछ: अर्थमन्त्री महत

ramsharan-mahat-chitawon-tatokhabar-tato-khabar-tattatokhabar

चितवन, पुस २१ / अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्दै उनले बताए ।

उनले अब उत्पादनमा सरकारको ध्यान जानेमा जोड दिए । मन्त्री महतले भने, ‘‘उत्पादन हुने उद्योग व्यवसाय गर्न लगाउने वातावरण बनाउने छौँ । यहाँ धेरै अवसर छन् । आइटी, टुरिजम, नयाँ व्यवसाय गर्नका लागि सरकारको योजना छ ।’’

Advertisement:ramsharan-mahat-chitawon-tatokhabar-tato-khabar-tattatokhabar

अर्थमन्त्री महतले अर्थतन्त्र लयमा आउन थालेको बताए । उनले भने, “कसैले भन्दैमा हुँदैन हाम्रा तथ्याङ्कले सुधार उन्मुख देखाएको छ । अर्थतन्त्र खतम भयो भनेर विदेश जान खोज्नेहरूले सोचे हुन्छ अब सुधार हुदैछ ।’’

‘‘अर्थतन्त्रमा सुधारको सकारात्मक प्रभाव पर्यटनको क्षेत्रमा देखिएको छ । नेपाल घुम्न आउने बाहिरका पर्यटक धेरै भित्रेको तथ्याङ्कले देखाएको छ । हल्ला र प्रचारको पछाडि नलाग्न अनुरोध गर्दछु ।,’’ अर्थमन्त्री महतले भने ।

सामाजिक सञ्जालमा आएको गलत हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै मन्त्री महतले भने, ‘‘ आउने दिन अत्यन्त राम्रो हुँदैछ । अर्थतन्त्रले देखाउने छ ।’’

‘‘देशमा अर्थतन्त्र समस्यामा थियो । अझै धेरै कुरा गर्न बाँकी छ । बिग्रदोबाट सुधार हुँदैछ । खतम भएको छैन ।,’’ उनले भने, ‘‘मूल्य वृद्धि घट्दो क्रममा छ । हचुवाको भरमा बोल्न हुँदैन । उद्योग व्यवसाय अहिले घाटामा छ । कोभिडको समयमा समस्या थियो । शेयर मार्केट र जग्गामा लगानी गर्‍यौँ ।’’

कोभिडको समयमा जग्गा र शेयर मार्केटमा लगानी गरेकाहरूको पैसा डुबेको छ उनी बताउँछन् । मन्त्री महतले कोभिडको समयमा अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएका कारण शेयर मार्केट र जग्गामा लगानी गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application