डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने: अर्थमन्त्री महत

prakash-sharan-mahat-arthamantri

तातोखबर, काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सकारले चाँडै टुंगो लगाउने बताएका हुन् ।

Advertisement:prakash-sharan-mahat-arthamantri

उनले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए। उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउन नहुने बताए ।

उनले डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउनु नहुने बताए ।

उनले भने, ‘विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भयो, यसको चाँडै टुंगो लाग्नुपर्‍यो। त्यो सत्य हो, त्यसलाई चाँडै समाधान गर्नुपर्छ। यसलाई इज्जतको प्रश्न बनाउनु हुँदैन ।’

अर्थमन्त्री महतले अर्थतन्त्र विस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराहरुको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application