चित्लाङ स्वास्थ्यचौकी भवन निर्माणको समिक्षा
तातोखबर, थाहानगर : थाहा नगरपालिका र च्वाईस नेपालको संयुक्त लगानीमा थाहा नगरपालिका वडा नम्बर ९ मा निर्मानाधिन चित्लाङ स्वास्थ्यचौकी भवनको प्रगति विवरण तथा समिक्षा बैठक बिहिबार सम्पन्न भएको छ ।
बैठकमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले स्वास्थ्यचौकी भवन गुणस्तरी रुपमा समयमै निर्माण कार्य सम्पन्न हुनेमा बिश्वस्त रहेको बताए।
उनले स्वास्थ्यचौकीको दिगो संचालन गर्नको लागि निर्माण भइरहेको भवन प्रभावकारी हुने बताए ।
साथै च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले भवन निर्माण सम्पन्न भए पश्चात् स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा र सुबिधा गुणस्तरीय बनाउन नगरबाट थप योजना बनाउन आग्रह गरे । उनले स्वास्थ्यचौकीबाट बिषेशज्ञ सहितको सेवा प्रदान गर्न सक्ने योजना भएमा च्वाइस नेपालको तर्फबाट आवश्यक औजार तथा उपकरण सहयोग गर्न सकिने बताए ।
बैठकमा कार्य समिक्षा प्रस्तुतिकरण गर्दै च्वाइस नेपाल पालुङ टिम लिडर प्रताप घिमिरेले स्वास्थ्यचौकी भवनको निर्माणमा करिब ६५ प्रतिशत भौतिक प्रगति भएको बताए ।
च्वाइस जिल्ला संयोजक सुकराम दुलालले सहजिकरण गर्नुभएको बैठकमा कार्य प्रगति बिवरणको प्रस्तुतिकरण च्वाइस नेपाल ङन्जिनियर प्रकाश श्रेष्ठले गरेका थिए ।
थाहा नगरपालिका वडा नंम्बर ९ का अध्यक्ष राज कुमार बलामीको अध्यक्षतामा भएको समिक्षा बैठकमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, स्वास्थ्यचौकी निर्माण समितिका अध्यक्ष राजिव नापित लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने स्वास्थ्यचौकी भवनको लागि च्वाइस नेपालको १ करोड ५० लाखका साथै बाँकी रकम थाहा नगरपालिका र स्थानीय जनश्रमदानबाट लगानी हुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
-
२.
कर्मचारीलाई खाजा समय ३० मिनेट
-
३.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
४.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
५.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण