मेलम्चीको पानी तुरुन्त खोल

तातोखबर: काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति ललितपुरले आज ‘मेलम्चीको पानी तुरुन्त खोल’ भन्दै पाटनदरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी कृत्रिम अभाव सिर्जना गरी हाहाकार बनाएको भन्दै खानेपानी संघर्ष समितले विरोध प्रदर्शन गरेको हो ।

Advertisement:

उनीहरूले मेलम्चीको पानी तुरुन्त खोल भन्दै नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् । संघर्ष समितिले पुस २० गते ललितपुरमा र्‍याली निकाल्ने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application