मेची राजमार्गमा यातायात सेवा ठप्प, यात्रु मारमा

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ ।
संयुक्त संघर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाइको माग राखेर मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको हो । समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा सञ्चालन हुने सबै किसिमका सवारी साधन ताप्लेजुङबाट नछुटेको यातायात व्यवसायीले जनाएका छन् ।
मेची राजमार्गमा यातायात बन्द आह्वानले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधन ठप्प हुँदा यात्रु मारमा परेका छन् । बुधवारका लागि टिकट बुकिङ गरेका यात्रुले गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमा रोकिएका छन् ।
बिहीबारका लागि पनि यातायात सञ्चालन हुने नहुनेमा निश्चित नरहेको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा यातायात प्रालिका काउन्टर इन्चार्ज शरण लिम्बूले बताए । संयुक्त सघर्ष समितिले मंगलबार नै विज्ञप्ति प्रकाशित गरी बुधवार र बिहीबार दुई दिन मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस