वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन

काठमाडौ – गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन भएको छ।
दमको समस्याबाट ग्रसित ७८ वर्षीय पोखरेलको सोमबार निधन भएको हो। वि स २०३७ वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक भएका पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष भएका थिए। उनी राष्ट्रिय समाचार समितिका सम्पादक समेत भएका थिए। पोखरेल राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि हुन्। उनको आज मंगलबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गाीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस