गायक सरगम राईको ‘चाहना बढ्दै गो’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, १५ पौष/ गायक सरगम राईको ‘चाहना बढ्दै गो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बीना राउत र सरोज प्रजाको फिचरिङ्ग रहेको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो ।
गायक स्वयम्को शब्द तथा सङ्गीत रहेको उक्त गीतलाई द आरजीटी फिल्म्द्वारा दर्शक तथा श्रोताहरुका लागि ल्याईएको हो । उक्त म्युजिक भिडियोको निर्देशक सोनम पाख्रिन रहेका छन् । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको देख्न सकिन्छ ।
गीतमा आफ्नी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको सङ्केत झल्कने गरी दृश्याङ्कन गरिएको छ भने गीतको भावमा समेत यस्तै प्रभाव देखिने निर्माण पक्षको दावी छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई दिनेश पराजुलीले छायाङ्कन गरेका छन् । त्यस्तै उक्त म्युजिक भिडियोको सम्पादन विजेश पौडेलको रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस