वनभोज खाने मानिस बोकेको बस दुर्घटना १६ जना घाइते



bus-accident-at-dang

तातोखबर : वनभोज खान हिंडेका टोलि बोकेको बस दुर्घटना हुँदा दाङमा १६ जना घाइते भएका छन् ।

बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो।

बसमा ४५ यात्रु सवार रहेको दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् ।  घाइतेहरुलाई तुलसीपुरस्थित राप्ती उपक्षेत्रीय अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी मल्लले बताए।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको