अमेरिकामा नेपालीहरुको व्यवस्थित बसाईका लागि सुझाव दिदै प्रेम बास्कोटा

अमेरिका, १४ पौष / पछिल्लो समय नेपालीहरुको अत्याधिक आगमनसँगै अमेरिकाको व्यवस्थित बसाईका लागि परामर्शको खाँचो औंल्याउन थालिएको छ । यसका लागि सुरक्षित आवास गृह के कस्तो हुनु आवश्यक छ ? भन्ने वारेमा अध्ययन गर्दै आएका गृह निरीक्षक प्रेम बास्कोटाले सहज र सुरक्षित आवासको खोजीमा रहेका उपभोक्ताहरुका लागि आमसञ्चार माध्यममार्फत परामर्श सार्वजनिक गरेका छन् ।

अमेरिकामा तातोखबर डटकम प्रतिनिधिसँग कुरा गर्दै प्रेम बास्कोटाले भनेका छन् ‘घरको मूल्य जान्ने वित्तिक्कै खरिद गर्ने मानसिकता बनाउनु हुदैन । घरको मूल्यअनुसार आफ्नो लागि योग्य छ की छैन र यसको दीर्घकालीन् अनुकुलता छ की छैन यस विषयमा गृह निरीक्षकको परामर्श आवश्यक पर्दछ । उपभोक्ताहरुले आफ्नो लागि आवास गृह खरिद गर्दा यस विषयमा सोच्नु जरुरी हुन्छ ।’

Advertisement:

अमेरिकामा आवास गृह खरिदकर्ता र बिक्रीकर्ताबीच हुने आपसी सम्झौताले मात्रै खरिदकर्ताहरु सन्तुष्ट हुन नसक्ने र मूल्यअनुसारको आवास गृहहरुको प्रभावकारिताको पनि उतिकै महत्व हुने भएकोले गृह विज्ञानको खाँचो पर्ने बास्कोटाको ठम्याई छ । यहि आवश्यकता देखेर यसै विषयमा लामो अध्ययन गरेर आफूले गृह निरीक्षण सेवा शुरु गरेको उनी बताउँछन् । बास्कोटा भन्छन् ‘अमेरिकामा बसोबास गरेर घर किन्ने प्रकृया भनेको अमेरिकामा बसोबास गर्ने नेपाली उपभोक्ताहरुका लागि निकै ठूलो लगानी हो र यो एउटा खरिदकर्ताका लागि निकै ठूलो निर्णय पनि हो । यति महत्वपूर्ण निर्णय गर्दा सकेसम्म जोखिम मोल्नु हुदैन भन्ने हाम्रो मान्यता हो । नयाँ घर किन्दा त्यसमा देखिईने सजावटसँगै त्यसको स्थायित्व, वनावटको अवस्था, यसबाट आफ्नो परिवारले लिन सक्ने सुविधा जस्ता विषयहरु राम्रोसँग मूल्याकन गर्नु आवश्यक हुन्छ भने पुरानो घरहरु लिन चाहने उपभोक्ताहरुले पनि ती घरको बनावट र सुरक्षा साथै त्यसको भौतिक संरचनाको अवस्थाको आधारमा कति उपयुक्त हुन सक्छ ? यस विषयमा जानकारी चाहिन्छ ।’
पुरानो घरहरुको तुलनामा नयाँ भवनहरु प्राकृतिक प्रकोपबाट प्रभावित हुन सक्ने भएकाले यस विषयमा उपभोक्ताहरु सचेत हुनु पर्नेमा गृह निरीक्षक प्रेम बास्कोटा जोड दिन्छन् । आफू प्राविधिक शिक्षाको प्रमाणपत्रधारी नभए पनि स्वअध्ययनले आवास गृह विज्ञानमा अभिरुची राख्दै आएकोले यस विषयमा औपचारिक शिक्षा लिन पुगेको बताउने प्रेम बास्कोटा सवारी साधान किन्नुअघि परीक्षण चलाई गरे जस्तै घर किन्नुअघि पनि त्यसको सबै पक्षमा अध्ययन हुनु पर्ने साथै कुनै पनि अपभोक्ताले आफूले किन्न चाहको घरको बहुआयामिक पक्षमा चासो राख्नु र तत्कालीन् अनि दीर्घकालीन् उपयोगिताका विषयमा बुझ्नु पर्ने बताउँछन् ।

आफ्ना सेवाग्राहीहरुको हीतमा प्रभावकारी काम गर्दै आएका प्रेम बास्कोटा विधिवत प्रमाणपत्र प्राप्त गरी सेवा प्रदान गर्न थालेयता अधिकांश सेवाग्राहीहरुलाई सन्तुष्ट पार्न सफल देखिन्छन् । इमान्दारिता र अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवा प्रदान गर्न सक्नुलाई उनी यसको कारण ठान्दछन् । यो सेवा सञ्चालन गरेयता यसको चुनौतिहरु पनि उनले देखेका छन् । काम गर्दागर्दै कतिपय घरहरु किनबेच हुँदा खरिदकर्ता र विक्रीकर्ताबीच हुने आपसी असमझदारीका कारण रद्द हुन सक्ने अवस्थालाई उनले मूख्य चुनौति ठान्ने गरेका छन् । तर यस्ता चुनौतिहरुले आफूलाई अझ बढी विज्ञ बनाउने बास्कोटाको मान्यता छ ।

दैनिक झण्डै १८ घण्टा काममा ब्यस्त हुनु पर्ने भए पनि यो कामबाट आफूमा अझ बढी उत्साह थपिदै गएको उनी बताउँछन् । बास्कोटाका अनुसार गृह निरीक्षणको कामका चाप बढी जस्तो सप्ताहान्तमा हुने गरेको छ । समन्धित गृहको स्थलगत निरीक्षण गरेपछि कार्यकक्षमा बसेर त्यसको प्रतिवेदन तयार गरिने हुँदा कामको भार बढी पर्ने गरेको भए पनि यो कामबाट आफूमा कुनै कठिनाई नआएको पनि उनको अनुभव छ । कतिपय नेपाली समुदायले आफ्नो लागि घर किन्नुअघि त्यसको निरीक्षण गर्नु पर्नेमा आधा जसो उपभोक्ताहरु सचेत रहेको पनि प्रेम बास्कोटाले अनुभव गरेका छन् ।

एउटा सूचना तथा सञ्चार प्रविधि पेशामा क्रियाशील ब्यक्ति यहाँले किन होम ईन्स्पेक्सन पेशा अपनाउनु भयो त ? भनेर राखिएको जिज्ञाषामा गृह निरीक्षक प्रेम बास्कोटा भन्छन् ‘अमेरिकामा धेरै नै रियल्टर पेशा गर्नेहरु छन्, यसमा चर्को प्रतिष्पर्धा छ तर यहि प्रतिष्पर्धाबाट अर्को पेशा जन्माउन सकिन्छ र यसको विकल्प पनि छ भन्ने शुभेच्छुकहरुबाट सुझाव पाएपछि मैले होम इन्स्पेक्शन पेश अङ्गाल्न पुगेँ ।’ उनको जानकारीमा टेक्सास राज्यमा नेपाली समुदायका अनुमति प्राप्त गृह निरीक्षक पाईएको छैन । विभिन्न परीक्षामा सहभागी भएर उतिर्ण नभई यो पेशाको प्रमाणपत्र प्राप्त गर्न कठिन भएकै कारण होम इन्स्पेक्शन पेशामा कम मात्रै पेशाकर्मी देखा पर्ने गरेको उनको ठम्याई छ ।

पूर्वी नेपालको मोरङमा जन्मिएर बाल्यकाल समेत त्यही बिताउदै उच्च शिक्षा हासिल गर्न नेपालको राजधानी काठमाडौंमा पुगेका प्रेम बास्कोटा २००७ तिर अमेरिका पलायन हुन पुगे र आफ्नो सुन्दर भविष्य अमेरिकामा नै निर्माण गर्न सफल बने । अमेरिकामा नै निर्माण विज्ञान विषयमा अध्ययन गर्दै विगत ३ वर्षदेखि अनुमति प्राप्त गृह निरीक्षकका रुपमा काम गर्न थालेका उनले गृह निरीक्षणको विषयमा जनचेतना कम भएकाले कतिपय उपभोक्ताहरु झण्झट खेप्न बाध्य हुने गरेको अनुभूति गरेका छन् ।

— सोनिसा थापा

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application