हेटौंडामा पार्किङमा राखिएको मोटरसाइकलमा आगलागी

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बुद्धचोकमा शनिबार दिउँसो एउटा मोटरसाइकलमा आगलागी भएको छ ।

बुद्धचोक नजिकै सडक किनारमा पार्किङ्ग गरेर राखेको हेटौंडा उपहानगरपालिका वडा नं.१८ बस्ने सिसिर रायामाझिको ना.४९ प ९७१२ नम्बरको मोटरसाइकलमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement:

मोटरसाइकलमा लागेको आगो प्रहरी र दमकलको साहायताले नियन्त्रणमा लिर्ईएको थियो । प्रहरीका अनुसार मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस् :