बालकुमारी घटना अपडेट: मन्त्रीको पिएसओ र गोली चलाउने प्रहरी निलम्बित

तातोखबर, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीको गल्ती भएको बताएका छन् ।

शनिबार मजदुरहरूको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय सम्मेलन कार्यक्रममा प्रचण्डले बालकुमारी घटनाप्रति सरकार संवेदनशील बनेका र गोली हान्ने आदेश दिने प्रहरी अधिकारी र घटनाको विषय परिस्थिति अड्कल गर्न नसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओलाई पनि निलम्बन गरिसकेको बताएका हुन् ।

Advertisement:

उनले भने, ‘हिजो घटना हुँदा म दोलखामा थिएँ । आज बिहान मात्रै बालुवाटारमा सम्बन्धित पक्षहरूलाई बोलाएर बुझ्‍ने काम भएको छ । राजनीतिक कदम पनि चालिसकिएको छ । मन्त्रीको पिएसओलाई निलम्बन गरिएको छ । गोली चलाउने अधिकारीलाई पनि निलम्बन गरिएको छ ।’

त्यस्तै, मृतकका परिवारबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको पनि उनले जानकारी दिए ।

त्यस्तै, अदालतको फैसलाले इपिएस कार्यालयले १८ जनालाई मात्रै परीक्षा दिन दिने र अरूलाई नदिने भन्न खोजेको होइन भन्ने आफूले बुझेको पनि उनले बताएका छन् । वैदेशिक रोजगारको विषयमा सरकार र सबै पक्ष संवेदशील रहेको र यसलाई व्‍यवस्थित गर्दै लैजाने पनि उनले बताए ।

हिजो बालकुमारी क्षेत्रमा प्रदर्शन हुँदा प्रहरीको गोली लागेर दुईजना युवाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application