मकवानपुरमा जंगली हात्तीले ३ वटा घर भत्कायो

हेटौंडा – जंगली हात्तीले मकवानपुरको मनहरी गाउँपालिकामा थप तीन वटा घरमा क्षति पुर्याएको छ भने धान र चामल पनि खाईदिएको छ । शुक्रबारराती मनहरी गाउँपालिका वडा नं.७ सान्तिटोल स्थानीय संजय साह, लक्ष्मी परियार र र वडा नं.८ सिमपानी शिबलाल प्रजाको घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार साहको घरको ढोका भत्काएर १ बोरा धान र परियारको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको १ साईडको भित्ता भत्काएको छ । त्यस्तै प्रजाको ब्लकले बनेको जस्ताले छाएको १ तले घरको छानो र १ साईडको भित्ता भत्काएर १ बोरा चामल खाएको प्रहरीले जनाएको छ ।

Advertisement:

खानेकुरा खोज्दै मनहरीको बस्तीमा पल्केको हात्तीलाई स्थानीय, प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले जंगलतर्फ लखेटेका थिए । घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जंगली हात्तीले मनहरीमा वितेको २/३ हप्ताको अवधिमा करिब दर्जन बढी घरहरुमा क्षति गरिसेको छ भने हात्तीकै आक्रमणबाट गत शनिबार राती मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् :