मानव सेवा आश्रम हेटौंडामा आश्रित दुईजनाको मृत्यु

हेटौंडा – मकवानपुरको हेटौंडा–९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आश्रममा आश्रित १९ बर्षीय पुजा मानव र २५ बर्षीय अमित विश्वकर्माको मृत्यु भएको हो ।
पुजालाई बाग्लुङको सडकबाट र अमितलाई मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेको सडकबाट उद्धार गरी आश्रमका ल्याईएको थियो । उनीहरुको मृत्यु बास्तबिक कारण खुलाईएको छैन ।
प्रहरीका अनुसार पुजाको पुस ९ गते र अमितको पुस १२ गते मृत्यु भएको हो । मानव सेवा आश्रमका अनुसार दुबैजनाको कालगतीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस